Logo

केपी ओलीसँग पूर्व राजदूत लक्की शेर्पाको रक्षाबन्धन



काठमाडौं, २७ साउन । आज रक्षाबन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाईएको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र)  धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । नेकपा (एमाले) नेतृ लक्की शेर्पाले भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रक्षा बन्धन बाँधेकी छिन् । शेर्पाले सामाजिक सञ्जाल फेशबुकमार्फत ओलीको हातबाट रक्षाबन्धन बाँधेको तस्विर राखेर ब्लेस्ड मोमेन्ट भनेर लेखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्