Logo

सालकको खपेटासहित तीन जना पक्राउ



काठमाडौं,२९ साउन । दुर्लभ बन्यजन्तु सालकको खपेटासहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट करिब ३ केजी ५ सय ५० ग्राम तौल भएको दुर्लभ बन्यजन्तु सालकको खपेटासहित मकवानपुर गढी गाउँपालिका–८ बस्ने ४२ वर्षीय सूर्य बहादुर स्याङतान समेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा दुर्लभ बन्यजन्तु सालकको खपेटा बेचबिखन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिन सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला डिभिजन वन कार्यालय हात्तिसारमा पठाइने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्