Logo

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ



काठमाडौं, २९ साउन । जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १४ जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्ने ३९ वर्षीय डम्मर बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, जुम्लाको तातोपानी गाउँपालिका–५ श्रीनगर बस्ने वीर बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय गोबिन्द बहादुर डाँगीसमेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

युसैगरी, कैलाली, गोदावरी नगरपालिका–२ शिवनगर टोलस्थित कञ्चनपुर भिमदत्त नगरपालिका–४ बस्ने ४५ वर्षीय सन्देश केसीको सनफ्लोर गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा केसीसहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९० हजार १ सय रूपैयाँ र ११ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्