Logo

अमेरिकी सेना नेपाल किन आयो



काठमाडौं, ३१ साउन । देशमा एमसीसीको विरोध गर्नेहरुले अमेरिकी सेना नेपाल आउने विषय जोडतोडले उठाएका थिए । तर, अमेरिकी सेना यथार्थमै नेपाल आएको छ । उनीहरुमध्ये २० जना अमेरिकी सैनिक आजबाट संयुक्त सैन्य अभ्यासमा व्यस्त भएका छन् ।

नेपालबाट ९० र अमेरिकाबाट २० सैनिकले संयुक्त अभ्यास गर्ने तय भए सुरु भएको छ । जङ्गली युद्धअभ्यासको तालिम रहने बताइएको छ । युद्धका बेला मानवअधिकार र कानूनको पालनाबारे पनि तालिम हुने तय भएको छ ।

तालिम फिल्ड, टेबुल र कक्षाकोठामा हुने बुझिएको छ । एक हप्ता अघि अमेरिकी सेना र नेपाली सेनाका स्वास्थ्यकर्मीबीच संयुक्त अभ्यास भएको थियो ।



प्रतिक्रिया दिनुहोस्