Logo

धरानका मेयर राईले भेटे प्रचण्ड



काठमाडौं, ३१ साउन । धरान उपमहानगरका प्रमुख हर्कराज राईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन् । राईले आज (मंगलबार) दाहाल निवास खुमलटारमा पुगेर भेटवार्ता गरेका हुन् ।

उपमहानगरको कामको सिलसिलामा राई यतिवेला काठमाडौंमा छन् । दाहाल र राईबीच के कुराकानी भयो ? भन्ने कुरा बाहिर आएको छैन् । राई स्वतन्त्र रुपमा विजयी भएका हुन् । पत्रकार ऋषि धमलसँगको प्राइम टिभीको अन्तर्वार्तामा उनले दलका नेताहरुसँग भन्दापनि मन्त्रीहरुसँग भेटवार्ता हुने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्