Logo

गौतमको जोखिमपूर्ण यात्रा



काठमाडौं, भदौ १ । केही समययता राष्ट्रिय राजनीतिबाट करिब–करिब बाहिर रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडाबाट संघीय निर्वाचनमा भाग लिने भएपछि चर्चामा आएका छन्। प्रधानमन्त्री बन्ने उत्कट आंकाक्षासहित संसद्को निर्वाचनमा भाग लिने भएकाले उनी चर्चामा आएका हुन्।

आगामी संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो जित सुनिश्चित हुने भएपछि गौतमले मंगलबार नै नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताए। राष्ट्रियसभामा चारबर्से कार्यकाल बाँकी हुँदा नै गौतमले पुरानो निर्वाचन क्षेत्रसमेत त्यागेर प्युठान रोजेका छन्। २०७० सालको निर्वाचनमा प्युठानबाट जितेका गौतमले यसपटक पनि प्युठान रोजेका हुन्। २०७४ मा बर्दियाबाट चुनाव लडेका गौतम पराजित भएका थिए।

सत्तारुढ दलबीच गठबन्धन भए प्युठानमा एमालेले सहजै निर्वाचन जित्ने अवस्था छैन। स्थानीय तह निर्वाचनमा भने एमालेले गठबन्धनकै हाराहारीमा मत ल्याएको देखिन्छ। नौ स्थानीय तहमध्ये दुईवटामा एमालेले जित निकालेको थियो। स्थानीय तहमा कांग्रेससहित माओवादी र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले गठबन्धन गर्दा पनि मतपरिणाममा एमाले कमजोर देखिएको छैन। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्