Logo

विश्वप्रकाश शर्मा झापा बाट नै उम्मेदवार बन्ने



काठमाडौं, १ भाद्र । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापाबाट नै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफू झापाबाट नै उम्मेदवार बन्ने प्रष्ट पारेका हुन् ।

शर्मा काठमाडौंबाट चुनाव लड्ने चर्चा भइरहँदा उनले आफू मेची किनारको भएको र उतै प्रेम रहेको प्रष्ट पारेका छन् । शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,‘फेरि प्रस्ट्याऊँ वाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौं ५ मा चुनाव प्रचारमा पुग्ने छैन । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

शर्मा झापा क्षेत्र नं १ बाट चुनाव लडेर नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । उनी यसपटक पनि झापा १ बाटै उम्मेदवार बन्ने तयारीमा छन् । तर, गठबन्धनबाट माओवादीले जितेको क्षेत्रमा उसले छाडेर अर्को क्षेत्र रोज्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्