Logo

ठाकुरले देउवालाई सोधेः गठबन्धनमा ल्याउने कि नल्याउने?



काठमाडौं, भदौ ३ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ पाँच दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन्। देउवालाई भेट्न बिहीबार विहान ठाकुर सहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए।

भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए। ‘तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न रु यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,’ भेटपछि लोसपाका नेता महतोले भने, ‘प्रधानमन्त्रीज्यूले यसबारेमा एकरदुई दिनभित्रैे स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ।’ लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन प्रधानमन्त्री सकारात्मक भएको महतोले बताए।

‘प्रधानमन्त्रीज्यू लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन सकारात्मक हुनुहन्छ। उहाँ ९देउवा०ले यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरूसँग छलफल गरी जवाफ दिन्छु भन्नुभएको छ,’ महतोले भने। महतोको अनुसार प्रधानमन्त्रीसँगको भेटमा नागरिकता विधेयक तथा लोसपाले राखेका मागहरूको विषयमा पनि कुराकानी भएको थियो। मधेस आन्दोलनको क्रममा लगाइएको झुटा मुुद्दा खारेज गर्न लोसपाले सरकारसँग माग गरेको छ। ‘प्रधानमन्त्रीज्यूले मधेस आन्दोलनको क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्न सरकारले प्रक्रिया अघि बढाएको छ भनी जवाफ दिनु भएको छ,’ महतोले भने।

यसअघि गत साउन २३ गते प्रधानमन्त्री र लोसपाका नेताहरूबीच भेट भएको थियो। उक्त भेटमा देउवाले लोसपाका नेताहरूलाई ५ दलीय गठबन्धनमा सहभागी हुन र सरकारमा समेत सहभागी हुन प्रस्ताव गरेका थिए। देउवाको यस्तो प्रस्तावपछि लोसपाका नेताहरू उत्साहित भएका थिए। ५ दलीय गठबन्धनमा सहभागी हुने आशामा लोसपाका नेताहरू नेकपा ९एमाले०सँग चुनावी गठबन्धन गर्ने विषयमा अझै कुराकानी गरेका छैनन्। चुनावी गठबन्धनको विषयमा एमालेसँग कुराकानी नभएको महतोले प्रष्ट पारे।

लोसपाका अधिकांश नेताहरू ५ दलीय गठबन्धनमा सहभागी हुन चाहेका छन्। ५ दलीय गठबन्धनमा सहभागी भए आगामी चुनाव जित्न सजिलो हुने लोसपाका नेताहरूको बुझाइ छ। तर लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउने विषयमा ५ दलीय गठबन्धनमा रहेका अन्य दलहरू एक मतमा छैनन्। खाशगरी, लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव सकारात्मक हुँदैनन् भन्ने बुझाइ लोसपाका केही नेताहरूको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्