Logo

झापा–३ मा कृष्ण सिटौला र राजेन्द्र लिङ्देनमध्ये कस्ले बाजी मार्ला, यस्तो छ चुनावी अंकगणित



काठमाडौं, ३ भाद्र । चुनाव नजिकिदै गर्दा झापा क्षेत्र नं ३ पनि चासो बन्न थालिसकेको छ । यो क्षेत्रबाट २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद लिङ्देन विजयी भएका थिए । लिङ्देनको यही जीतले उनलाई राप्रपाको अध्यक्षसम्म बनायो ।

लिङ्देनले काँग्रेसका प्रभावशाली नेतासमेत रहेका पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार मतान्तरले पराजित गरेका थिए । लिङ्देनलाई त्यतिबेला नेकपा एमालेको पनि साथ थियो । उनले पनि केपी शर्मा ओलीलाई झापा ५ बाट चुनाव जित्न साथ दिएका थिए ।

२०७९ को मंसिर ४ मा हुने चुनावमा फेरि लिङ्देन र सिटौला आमनेसामने हुने सम्भावना बढेको छ । लिङ्देनले ओलीसँग चुनावी तालमेल गर्ने संकेत गरिसकेका छन् । सिटौला चुनावमा उम्मेदवार बनेमा सत्ता गठबन्धनमा रहेका दलहरुको बलियो साथ हुने देखिन्छ । २०७४ को चुनावी परिणामलाई आधार मान्दा सिटौलालाई लिङ्देनमाथि जीत हासिल गर्न कठिन देखिन्छ ।

स्थानीय तहको चुनावलाई आधार मान्दा झापा १ मा पर्ने मेचीनगरको मेयरमा एमाले विजयी भएको थियो । त्यहाँ एमाले र राप्रपाको मत जोड्दा गठबन्धन दलको मत ९ हजारले बढी हुन्छ । झापा १ मा पर्ने भद्रपुर ९ र १० को वडाध्यक्षमा एमाले र राप्रपाको मत जोड्दा काँग्रेससहितको गठबन्धनको भन्दा बढी हुन्छ । बुद्धशान्ति गाउँपालिकाको ४ देखि ७ वडासम्म वडाध्यक्षले पाएको मत जोड्दा पनि काँग्रेससहितको गठबन्धनको मत एमाले र राप्रपाको मिलाउँदा भन्दा कम हुन्छ ।

२०७४ को प्रतिनिधि सभा चुनाव र स्थानीय चुनावमा दलहरुले पाएको मतलाई आधार मान्दा गठबन्धनबाट सिटौला उम्मेदवार बनेमा सजिलो छैन । लिङ्देनलाई पनि एक्लै चुनाव लडेर जित्न मुश्किल छ । उनलाई पनि ओलीको साथ चाहिन्छ । ओली र लिङ्देन मिलेमा सिटौलालाई चुनाव कठिन हुनसक्छ ।

२०७९ को मंसिर ४ मा हुने चुनावमा फेरि लिङ्देन र सिटौला आमनेसामने हुने सम्भावना बढेको छ । लिङ्देनले ओलीसँग चुनावी तालमेल गर्ने संकेत गरिसकेका छन् । सिटौला चुनावमा उम्मेदवार बनेमा सत्ता गठबन्धनमा रहेका दलहरुको बलियो साथ हुने देखिन्छ । २०७४ को चुनावी परिणामलाई आधार मान्दा सिटौलालाई लिङ्देनमाथि जीत हासिल गर्न कठिन देखिन्छ ।

स्थानीय तहको चुनावलाई आधार मान्दा झापा ३ मा पर्ने कचनकवल र भद्रपुरमा नेपाली काँग्रेसले जीत हासिल गरेको थियो । हल्दीवारीमा राप्रपाले जितेको थियो । उक्त क्षेत्रमा पर्ने बिर्तामोडको वडा नम्बर १० मा पनि काँग्रेसले वडाध्यक्ष जितेको थियो ।

भद्रपुरको १ देखि ८ वडा झापाको ३ नम्बर क्षेत्रमा पर्दछ । उक्त क्षेत्रको २, ५, ६ र ८ मा काँग्रेसले जितेको थियो । राप्रपाले ३, ५ र ७ जितेको थियो । एमालेले १ नम्बर वडा जितेको थियो ।

सबै मतलाई आधार मान्दा काँग्रेसको मत बढी देखिन्छ । तर, एमाले र राप्रपा मिलेमा उनीहरुकै मत बढी देखिन्छ । काँग्रेस र माओवादीको मत जोड्दा पनि गठबन्धनलाई एमाले र राप्रपाको गठबन्धनसँग झापा ३ मा उछिन्न मुश्किल देखिन्छ । यसकारण झापा ३ मा कृष्ण सिटौला उम्मेदवार बनेमा एमाले विभाजनको असरमा भर पर्नुपर्ने हुन्छ । एमाले विभाजनको धेरै असर परे मात्र उनले बाजी मार्न सक्नेछन् । लिङ्देनको ओलीसँग तालमेल नभएमा वा असफल भएमा पनि सिटौलाको पल्लाभारी हुनसक्छ ।

यसकारण झापा ३ मा एमालेसँग राप्रपा मिलेमा सिटौलालाई कठिन पर्न सक्छ । लिङ्देनले पनि एमालेलाई खसेको मत हलोमा खस्ने अवस्था बनाउन चुनौती देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्