Logo

राप्रपा नेतृ एवम् नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने



काठमाडौं, १४ भदौ । राप्रपाकी नेतृ एवम् चर्चित नायिका रेखा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी छिन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा थापा मोरङ-३ बाट चुनाव लड्ने भएकी हुन् ।

उनको नाम पार्टीले पनि मोरङ(३ नै सिफारिश गरेको छ । राप्रपाको एकता महाधिवेशनमा थापा महामन्त्रीमा पराजित थिईन् ।

माओवादीबाट राजनीति सुरु गरेकी थापा पछिल्लो समय राप्रपामा सक्रिय छिन् ।

नेतृत्वले पनि यसपटक थापालाई संसद्मा लैजान चाहेको छ । अहिले थापा चुनावी तयारीमा जुटिसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्