Logo

प्रधानन्यायाधीश जबरासँग समितिले भोलिपनि बयान लिने



काठमाडौं, १५ भदौ । संसदको महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भोलिपनि बयान लिने भएको छ । आज बयानका लागि जबरा समितिमा पुगेका थिए ।

आजको बयान नसकिएपछि जबरालाई भोलि (बिहीबार) बिहान ११ बजे फेरि बोलाइएको समितिका एक सदस्यले जनाए ।
आज उनीसमक्ष चार वटा मात्र प्रश्नमा सवाल जवाफ भएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot