Logo

उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या, शव टुक्रा टुक्रा पार्ने आरोपी पक्राउ



काठमाडौं, १७ भाद्र । उदयपुरमा एकै परिवारको तीनजनाको विभत्स हत्या भएको छ । बेलका वडा नम्बर ७ का राजकुमार बस्नेतको परिवारको आज विहान हत्या भएको हो ।

हत्याका संदीग्ध पक्राउ परेका छन् । पक्राउ परेका ४० वर्षीय नरबहादुर बस्नेतमाथि अनुसन्धान बढाइएको बुझिएको छ । खुकुरीले अन्धाधुन्दा प्रहार गरी वालिङ खोलामा शव टुक्रा टुक्रा पारेको फेला परेको छ ।

३७ वर्षीय राजकुमार बस्नेत उनकी ३३ वर्षीया पतनी सरिता बस्नेत र १२ वर्षीय छोरा सुृजन बस्नेतको शव खोलामा फेला परेको थियो । पक्राउ परेका व्यक्ति बस्नेत परिवारका नातेदार नै हुन् । पारिवारिक विवादले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot