Logo

सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाउने किशोरी को हुन्



काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने समस्यामा परेका छन् । क्रिकेट खेल्न विदेशमा रहेकै अवस्थामा उनीविरुद्ध बलात्कारको आरोप लागेको छ । प्रहरीमा उजूरी समेत दर्ता भइसकेको छ ।

सन्दीपविरुद्ध आरोप लगाउने किशोरी १७ वर्षकी छिन् । नुवाकोट स्थायी घर भएकी किशोरी बागबजारस्थित कलेजमा अध्ययनरत छिन् । उनी सन्दीप लामिछानेसँग नजिक रहेकी एक किशोरीको साथी पनि हुन् ।

किशोरीका अभिभावकले प्रहरीमा बलात्कारको उजूरी दिएका छन् । ५ भाद्रमा काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा सन्दीपले घुमाउन लगेको र ६ भाद्रको साँझ गौशालास्थित होटलमा लगेर बलात्कार गरेको उजूरीमा उल्लेख छ । होटलको कोठा नम्बर ३०५ मा लगी जर्बजस्ती करणी गरेको उजूरीमा उल्लेख छ ।

सन्दीपले ६ भाद्रमा बलात्कार गरेको र सोही दिन केन्याविरुद्ध ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रृंखला खेल्न केन्याको नैरोबीतर्फ प्रस्थान गरेका थिए । यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्न लामिछाने वेस्ट इन्डिजमा छन् । उनी नेपाल आएलगत्तै पक्राउ गरी घटनाको अनुसन्धान गर्ने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot