Logo

सिट बाँडफाँट टुँगो लगाउन प्रचण्ड, माधव र रामचन्द्र बालुवाटारमा जम्मा



काठमाडौं, २३ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँट टुँगो लगाउन उनीहरु छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको छ । यसअघि सिट बाँडफाँट गर्न बनेको कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

कार्यदलमा दलहरुले आ–आफ्नो दाबी कायमै राखेकोले शीर्ष नेताले हस्तक्षेप गरेर सहमति खोज्ने प्रयास गरेका हुन् ।

अहिले छलफलमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी छन् । file photo

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot