Logo

१० वर्ष निसन्तान रहेकी आमाले एकैपटक जन्माइन् तीन छोरा



काठमाडौं, भदौ २७ । १० वर्ष निसन्तानको पीरमा गुजारेकी एक महिलाले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन्।

पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवी थरुनीले वीरगन्जको प्रभु हस्पिटलमा एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन्।

सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो।  शल्यकृया गरेर तीनवटै बच्चा जन्माएकी थरुनी र तीन जना बच्चा सकुसल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्