Logo

जलवायु परिवर्तन व्यवस्थापन परिषदको विज्ञ सदस्यमा रेग्मी



काठमाडौं, २८ भदौ । सरकारले वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले परिषदको विज्ञ सदस्यमा डा.बिमल रेग्मीलाई नियुक्त गरेका हुन्।

वातावरण संरक्षण ऐन २०७६ को दफा ३२ मा राष्ट्रिय परिषद गठन गर्ने व्यवस्था रहेको छ । परिषदको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

जलवायु परिवर्तन तथा अनकुलनमा विद्यावारिधि गरेका रेग्मीले दुई दशक भन्दा बढी समय जलवायु परिवर्तन, जैविक विविधतामा काम गर्दै हाल उनले अक्सफोर्ड पोलिसि म्यानेजमेन्ट नेपाल मार्फत सरकारलाई जलवायु परिवर्तन तथा अनुकुलनका नीतिगत सुधारमा काम गर्दै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot