Logo

खानेपानी ट्याङ्की वरपर डोजर नलगाउन आग्रह



काठमाडौं, २८ भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्कीको वरिपरि डोजर प्रयोग नगर्न आग्रह गरिएको छ ।

आयोजना कार्यान्वयन निर्देशानलयले पानी ट्याङ्कीको सीमा वरिपरिका जग्गामा डोजर प्रयोग गर्दा खानेपानी वितरणमा वाधा आउने भएको उल्लेख गर्दै उक्त कार्य नगर्न आग्रह गरेको हो ।

खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका क्षेत्रमा डोजर लगाउनुभन्दा अगाडी आयोजना निर्देशानलयसँग समन्वय गर्न तथा सुरक्षाको पर्याप्त प्रवन्ध गर्न गराउन आग्रह गरेको हो ।

त्यसैगरी, निर्देशानलयले आग्रह गर्दागर्दै पनि डोजर प्रयोग गरेमा ट्याङ्कीमा क्षति पुर्याउनेले नै त्यसको जिम्मेवारी लिनुपर्ने र क्षतिपुर्ति समेत तिर्नुपर्ने उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot