Logo

एमाले प्रवेश गरेकोमा हर्षविभोर भएको छु – सर्वेन्द्र खनाल



काठमाडौं, ६ असोज । पुर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आज नेकपा (एमाले) प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टी प्रवेश गराएका हुन् ।

खनालले एमालेमा प्रवेश गरेकोमा हर्षविभोर भएको बताएका छन । उनले अध्यक्ष केपी शर्मा ओलीको प्रंससा गर्दै सामाजिक सञ्जालमा लेखेका छन्,“आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसी छु।”

उनलाई महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरुले स्वागत गरेका थिए । खनालको जसपा सांसद डा.सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको घटनामा आलोचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्