Logo

न्यायोचित टिकट बाँडफाँटका लागि दबाब दिन शेखर पक्षले भेला गर्ने



काठमाडौं, ७ असोज । नेपाली कांग्रेसमा समान टिकट बाँडफाँटका लागि दबाब दिन कांग्रेस नेता डा.शेखर कोइराला पक्षले भोलि भेलाको आयोजना गर्ने भएको छ ।

समान न्याय र समानताका लागि दबाब दिन देशभरका कोइराला पक्षका नेता तथा कार्यकर्ताको भेला बोलाइएको हो ।

आज बसेको भेलाले शनिबार देशभरका नेता कार्यकर्तालाई सहभागी गराउने निर्णय गरेको हो । पार्टीभित्र सबै समुहको सम्बोधन, टिकटको न्यायोचित बाँडफाँट लगायतका विषयमा भोलि छलफल गरिने स्रोतले जनाएको छ ।

तर, भेला गरिने स्थान भने अहिलेसम्म तोकिएको छैन् । अहिले देशभरका नेता कार्यकर्ता आगामी मंसिरमा हुने निर्वाचनका लागि टिकट पाउन काठमाडौंमा केन्द्रीत छन् ।



प्रतिक्रिया दिनुहोस्