Logo

बर्दियाका मालपोत प्रमुखसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं, ७ असोज । भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख भिम बहादुर खत्रीसहित ६ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

मृत्यु भएका व्यक्तिको जग्गा मालपोतको निर्णयबाट व्यक्तिको नाममा दर्ता गरी बिक्रि वितरण गरिएको उजुरीको आधारमा अनुसन्धानको लागि अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार बर्दियाका. साविक मैनापोखर गा.वि.स. वडा नं. १ हाल बढैयाताल गाउँपालिका वडा नं. ६ मा चिरकु तेलीको नाउँमा २०४३ साल अघी २ बिगाह ६ कट्ठा जग्गा रहेकोमा निजको २०४३ सालमा मृत्यू भएको थियो ।

उनको हकखाने कानूनी हकवाला कोही नभई स्थानीय तहको नाउँमा जानुपर्नेमा भुमिसुधार तथा मालपोत कार्यालयको निर्णयबाट व्यक्ति विशेषको नाउँमा दर्ता गरी खत्री, नासु रुद्रसेन साहुसहित ६ जनाले बिक्री वितरण गरिएको पृष्टि भएको हो।

जग्गा नामसारी गरी भ्रष्टाचार गरेको कसुरमा संलग्न प्रतिबादीहरुको हकमा सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन ।



प्रतिक्रिया दिनुहोस्