Logo

पर्यटनमन्त्री श्रेष्ठद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसँग भेट



काठमाडौं, ७ असोज । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेटी स्वास्थ्यलाभको कामना गरेका छन । ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै पुगेर मन्त्री श्रेष्ठले नियमित हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि सरकारको तर्फबाट तत्कालै आवश्यक प्रवन्ध गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री श्रेष्ठले जोशीको घर आडैमा रहेको लोक साहित्य परिषद भवनको समेत अवलोकन गरे । परिषदको भवनमा जोशीले संकलन गर्नुभएका मुद्रा, टिकट, किताब लगायत सामग्री राखिएको छ । साथै उनले भवनको तेस्रो तलामा रहेको चक्रसंवरु को पौभाः चित्र समेत अवलोकन गरी सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।

पुरातत्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भएको थियो । वि।सं। १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका जोशी उमेरले १ सय ३ बर्ष पुगी सकेका छन ।



प्रतिक्रिया दिनुहोस्