Logo

सभामुख र उपसभामुखविरुद्धको रिटमा कारण देखाउ आदेश



काठमाडौं, ९ असोज । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दैै दायर रिटमा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले संघीय संसद सचिवालयसहितका विपक्षीसँग जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

आगामी नयाँ निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म कार्यकाल रहने बताउँदै सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको र दिनुपर्ने भन्दै अधिवक्ता किशोर पौडेललगायतले रिट दायर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्