Logo

देउवा धर्मनीरपेक्ष पक्षधरको घेरामा, ओली धर्मनीरपेक्षविरोधीको घेरामा



काठमाडौं, ११ असोज । राजनीतिक यति रोचक मोडमा पुगेको छ कि चुनावी गठबन्धनहरु विगतमा नभएका र भविष्यमा पनि हुन नसक्ने खालका देखिएका छन् । मध्यमार्गी मानिएको नेपाली काँग्रेस कट्टरपन्थी कम्युनिस्ट मानिएको नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन बनाएर बढेको छ । जसमा कम्युनिस्ट नेता माधवकुमार नेपाल र मधेश केन्द्रित नेता उपेन्द्र यादव पनि छन् । अर्को खरो कम्युनिस्ट चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा नेपाल पनि काँग्रेससहितको गठबन्धमा छ ।

रोचक पक्ष यो छ कि काँग्रेससहितको गठबन्धनमा धर्मनीरपेक्ष पक्षधर नै छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले धर्मबारे केही नबोलेपनि गठबन्धनमा धर्मनीरपेक्षका पक्षपाती प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसी छन् । कुनैपनि नेता सनातन धर्म या हिन्दूराष्ट्रको पक्षमा छैनन् । प्रचण्ड, माधव नेपाल र चित्रबहादुर केसीले खुलेरै धर्मको राजनीतिको विरोध गर्दै आएका छन् ।

अर्को गठबन्धन पनि तयार हुँदैछ । जसमा केपी शर्मा ओलीको नेकपा एमाले छ । उक्त गठबन्धनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा हुने देखिएको छ । लिङ्देन र थापा हिन्दूराष्ट्र पक्षधर हुन् । महन्थ ठाकुर पनि विस्तारै धर्मनीरपेक्षविरोधी समूहसँग जोडिदै गएका छन् । हृदयश त्रिपाठी र कर्ण मल्ल पनि धर्मनीरपेक्षप्रति सकारात्मक छैनन् । यसरी ओली धर्मनीरपेक्षविरोधीको घेरामा परेका छन् ।

देउवा धर्मनीरपेक्ष पक्षधरको घेरामा पर्दा ओली धर्मनीरपेक्ष विरोधीको घेरामा पर्नुलाई अर्थपूर्ण मानिएको छ । यसले देशमा धर्मको मुद्दा नयाँ ढंगले अगाडि बढ्ने सम्भावनाहरु औल्याइएको छ ।



प्रतिक्रिया दिनुहोस्