Logo

पाँचौं महान पूजामा मेन्री लोपोन त्रिन्ले न्यामा रिन्पोछे सहभागी



काठमाडौं, १२ असोज । समग्र मानव जगत र विशेष डोल्पो समुदायका परमपूजनीय मार्गोम छिरिङ टाशी रिम्पोछेको स्वर्गारोहणपछि सञ्चालन गरिएको पाँचौं महान पूजामा मेन्री लोपोन त्रिन्ले न्यामा रिन्पोछे सहभागी हुनुभएको छ ।

हाल मार्गोम छिरिङ टाशी रिम्पोछेको ४९ दिनको अन्तेष्टि संस्कार काठमाडौंको आरुवारी स्थीत डोल्पो समाज भवनमा डोल्पो समूदायका रिम्पोछे गुरु लामा तथा भक्तजनहरुबाट बौद्ध संस्कार अनुसार भइरहेको छ ।

मेन्री लोपोन त्रिन्ले न्यामा रिन्पोछे भारतको डोलान्जीस्थित मेन्री मठका प्रमुख प्रशिक्षक हुनुहुन्छ । काठमाडौंमा अन्त्ेष्टि संस्कार सकिएपछि रिन्पोचेको शरीरलाई उपल्लो डोल्पाको मार्गोम गुम्वास्थीत रिन्पोेछेको निवासमा लैजाने तयारी भएको डोल्पो समाजले जनाएको छ ।

शे फोक्सुण्डो गाँउपालीकाका स्थानीय जनप्रतिनिधिहरु र डोल्पोका भक्तजनहरुको सहकार्यमा डोल्पोमा रिन्पोचेको अन्तेष्टि संस्कार कोमाङ छोक्टुल दोर्जे छेवाङ रिन्पोछे र डोल्पोका साथ सांङ्घ समूदायको आत्यामिक मार्गदर्शनमा हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्