Logo

जसपा बाहिरिने खोजेसँगै लोसपा गठबन्धनमा ईन्ट्रीको तयारीमा



काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपाल पाँच दलीय गठबन्धनबाट बाहिरिने तयारी गरेको छ । सिट बाँडफाँटमा सम्माजनक भाग नपाउने भएपछि जसपा गठबन्धनबाट बाहिरिन लागेको हो । आज बसेको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनमा सम्मानजनक सिट नपाउने भएपछि बाहिरिने संकेत गरेको छ ।

उसले सिट तालमेलको लागि अन्य दलसँग पनि विकल्प खुला राखेको छ । जसपा गठबबन्धनबाट बाहिरिने तयारी गरेसँगै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई गठबन्धनमा भित्र्याउने तयारी गरेका छन् ।

यसअघिपनि लोसपा गठबन्धनमा आउने तयारीमा थियो । लोसपासँग यसअघि नेकपा (एमाले) ले पनि चुनावी सहकार्यको लागि प्रयास गरेको थियो । तर, लोसपाले धेरै सिट दाबी गरेकोले सहमति हुन सकेको थिएन । file photo



प्रतिक्रिया दिनुहोस्