Logo

गठबन्धनमा धेरै पेलान भयो, अब एमालेसँग पनि वार्ता हुन्छ : उपेन्द्र यादव



काठमाडौं, १५ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाहेक अन्य दलहरुसँग पनि चुनावी सहकार्यको लागि ढोका खुला राखेको बताएका छन् । पाँच दलीय गठबन्धनमा सहमतिको नाममा धेरै समय व्यतित भएको उनको प्रतिक्रिया छ । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा यादवले भने,‘गठबन्धनमा बैठक बस्नेमात्रै काम भयो, सहमति नगर्ने, सिटमा बार्गेनिङ गर्ने काम भयो ।’

यादवले आफूहरु गठबन्धनबाट बाहिरिने संकेत गरे । उनले भने,‘हामीले चुनावको लागि सबैसँग सहकार्य गर्न तयार छौं । जसपाले सबैसँग तालमेलको लागि ढोका खुला राखेको छ । कतिपय ठाउँमा तालमेल नगरेपनि चुनाव जित्ने अवस्थामा छौं । सबैसँग वार्ता गरेर जान्छौं ।’ उनले जसपाले लोसपा र एमालेसँग पनि सहकार्यको लागि ढोका खुला राखेको सुनाए । file photo



प्रतिक्रिया दिनुहोस्