Logo

सत्ता गठबन्धनको बैठकमा जसपापनि सहभागी, होला त सहमति ?



काठमाडौं, १६ असोज । सत्ता गठबन्धनबाट जसपा बाहिरिने चर्चा चलिरहेको बेलामा यसका शीर्ष नेताहरु अहिले गठबन्धनको बैठकमा सहभागी भएका छन् । हिजोमात्रै जसपाको कार्यकारिणी समितिको बैठक बसेर गठबन्धनबाट बाहिरिने संकेत गरेको थियो । गठबन्धनमा आफूहरुलाई अपमान भएको उपेन्द्र यादवको गुनासो थियो ।

तर, अहिले बालुवाटारमा जारी गठबन्धनको बैठकमा अध्यक्ष उपेन्द्र यादव सहभागी भएको जनाईएको छ । जसपाले प्रतिनिधिसभामा २० सिटमा दाबी गरेको छ । तर, कांग्रेस र माओवादी केन्द्रले भने १६ सिट दिने सहमति जनाएका छन् ।

यसबाट जसपा भने असन्तुष्ट बनेको छ । यादवले भने जसपाले १० भन्दा बढि सिटमा एक्लै जित्ने दाबी गर्दै आएका छन् । आजपनि सम्मानजनक सिट नपाए एक्लै चुनाव लड्ने र आजै गठबन्धन छोड्ने जसपाको तयारी छ । file photo



प्रतिक्रिया दिनुहोस्