Logo

प्रचण्ड र कुलमानबीच भेटवार्ता, काठमाडौंबाट कुन क्षेत्रबाट चुनाव लड्दैछन् कुलमान ?



काठमाडौं, १६ असोज । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ चुनाव लड्ने चर्चा चलिरहेको छ । यही चर्चाबीच उनले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

प्रचण्डले घिसिङलाई काठमाडौंबाट चुनाव लड्न सुझाएका छन् । सोही विषयमा आज दुई जनाबीच छलफल भएको बुझिएको छ । घिसिङले काठमाडौं ३ बाट चुनाव लड्न चाहना व्यक्त गरेका छन् ।

दाहालले यसअघि उनलाई काठमाडौं-२ बाट चुनाव लड्न भनेका थिए । घिसिङ संसदीय चुनाव लडे जित्ने माओवादीको आँकलन छ । घिसिङ रामेछापबाट पनि चुनाव लड्ने चर्चा चलिरहेको छ ।

देशव्यापी रुपमा लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई कलाकारले पनि यसअघि नै शुभकामना दिइसकेका छन् । घिसिङ स्वयमले भने काठमाडौं-३ बाट नै चुनाव लड्ने जवाफ दिएको माओवादीनिकट स्रोतको दाबी छ । file photo



प्रतिक्रिया दिनुहोस्