Logo

माओवादीलाई पहिलो दल बनाउन प्रचण्डकी छोरी गंगा दाहालको अपिल



काठमाडौं, १७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी प्रमुख स्वकिय सचिव गंगा दाहालले पार्टीलाई पहिलो दल बनाउन अपिल गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले पार्टीको गौरवशाली इतिहासलाई मनन गर्दै आ आफ्नो ठाउँबाट सक्रिय भएर माओवादीलाई पहिलो दल बनाउन सक्रिय हुन आग्रह गरेकी छिन् ।

उनले फेशबुकमा लेखेकी छिन्-

आसन्न निर्वाचनको तयारीका लागि समानुपातिक उम्मेदवारको बन्दसूचिको काम टुंगिएको छ । अब केही दिनमा सीट बाँडफाँडसँगै उम्मेदवारीको समेत अन्तिम काम सम्पन्न हुनेछ ।
एउटा जीवन्त पार्टीभित्र उम्मेदवारको आकांक्षा राख्ने, जनतामाझ आफूलाई योग्य साबित गर्ने चाहना धेरै कमरेडको हुनु स्वभाविकै हो । तर धेरै याेग्य र सक्षमहरु भएको हाम्रो गाैरवशाली पार्टीमा सबैले उम्मेद्वार बन्नु सम्भव थिएन र छैन पनि ।
त्यसैले यसपटक पार्टीले केही निश्चित मापदण्डका आधारमा उम्मेदवारको सिफारिस गर्न मातहतका कमिटिहरुलाई निर्देशन समेत गरेको थियो ।
हामीले प्रतिगमनलाइ परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनैपर्ने अनिवार्यतामा हामी छौं । हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छुट छैन । पार्टीले यिनै तथ्यलाई मनन गर्दै भए गरेका निर्णयहरुलाई सक्रियतासाथ पालना गर्नु हाम्रो ऐतिहासिक जिम्मेवारी पनि हो ।
त्यसैले शुद्धतावाद भन्दा सापेक्षतावादमा विश्वास राख्दै निर्वाचनको यो महाअभियानमा पार्टीको गोरवशाली इतिहासलाई मनन गर्दै आ-आफ्नो ठाउँबाट सक्रिय भएर माओवादीलाई पहिलो ठुलो दल बनाउन सक्रिय होऔं


प्रतिक्रिया दिनुहोस्