Logo

मुटुलाई ख्याल गर्दै मासु खाऔं : डा. सूर्य देवकाेटा



जताततै दसैंले छाेपेकाे छ। दसैं र मासुबीच अन्याेन्याश्रित सम्बन्ध छ। तर सकभर राताे मासु कम खानुपर्छ।खानै परे छाला र बाेसाे नभएकाे मासु उचित हाे। खसी-बाेकाका भित्री अंग पनि सकभर खानुहुन्न। राताे मासु धेरै खानुहुन्न। प्याकिङ गरिएकाे वा प्राेसेसिङ मासु त झन् खानै हुन्न। यसले आयु छाेट्याउँछ नै।

मासु खाँदा मुटुलाई ख्याल गर्नैपर्छ। मासु नै खाने हाे भने हाँस, कुखुरा लगायत चराचुरुङ्गीकाे मासु खानुपर्छ। अन्यथा हृदयघात, पक्षघातकाे सम्भावना हुन्छ। मांसाहारीभन्दा शाकाहारी अझ भेगन मानिस धेरै बाँच्ने सम्भावना हुन्छ। हामी धूमपान गर्दै नगर्न सल्लाह दिन्छाैं। मद्यपान पनि नियन्त्रित रूपमा गर्न भन्छाैं।

राताे मासु, मद्यपान र धूमपान तीनवटै खराब कुरा हुन्। तीनवटै कुरा खाँदा स्वास्थ्यमा नकारात्मक असर गर्छ। दसैंमा अन्य समयभन्दा कम बिरामी अस्पताल पुग्छन्। यसकाे अर्थ बिरामी हुँदै नहुने हाेइन। खप्नै नसकेपछि थामथुम नभएर वा सिरियस भएपछि मात्र अस्पताल पुग्ने नेपालीकाे बानी छ। मुटुराेग विशेषज्ञ डा. देवकाेटासँग नेपाली रेडियाे नेटवर्कका निम्ति पत्रकार ऋषि धमलाले गरेकाे कुराकानीमा आधारित।



प्रतिक्रिया दिनुहोस्

Screenshot