Logo

प्रचण्ड कुनै पनि क्षेत्रमा दाेहाेरिनुभएकाे छैन: नारायण दाहाल



काठमाडौं, १८ असार। नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनबाट गाेरखा पठाइनसकेकाे बताएका छन्।
“प्रस्ताव त प्रचण्डका लागि गाेरखा मात्र नभएर राेल्पा, रुकुम, कालीकाेट, बर्दिया, सिन्धुलीबाट पनि आएकाे छ। उहाँले आजसम्म चितवन छाड्नुभएकाे छैन। म जान्छु वा आउँदिन भन्नुभएकाे छैन। चितवनमा उहाँ हुने वा नहुने कुराले धेरै अर्थ राख्छ,” नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै दाहालले भने।
नेता दाहालले प्रचण्ड अहिलेसम्म कहीं पनि नदाेहाेरिएकाले मिडियामा अनेक शंका गरिएकाे पनि आैंल्याए। उनले भने, “उहाँकाे एउटा विशेषता कहीं पनि दाेहाेरिनुभएकाे छैन। एकफेर मात्र उठ्नुभएकाे छ। तर चितवनबाट नउठ्दा जनता निराश हुन्छन्।” शीर्ष नेताहरू शून्य जाेखिममा लड्नुपर्छ भन्ने मनाेविज्ञानले गाेरखा जानुपर्छ भनिएकाे हुन सक्ने पनि उनले बताए।



प्रतिक्रिया दिनुहोस्