Logo

सातै प्रदेशमा शनिबारसम्म झरी नराेकिने



काठमाडौं, २० असाेज। अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेकाे छ। प्रदेश १, मधेस प्रदेश र सुदूर पश्चिम प्रदेशमा पनि बदली भइरहेकाे छ।

बंगालकाे खाडीकाे न्यून चापीय प्रभावका कारण मेघ गर्जन, चट्याङ र हावाहुरीका साथ पानी परिरहेकाे माैसमविद् मन्जु भासीकाे भनाइ छ। नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भासीले भनिन्, “नेपालमा मनसुन बाहिरिइसकेकाे छैन। माैसममा सुधार आउन शनिबारसम्म पर्खनुपर्छ। दुईतीन घन्टा राेकिएजस्ताे हुने भए पनि झरी परिरहन्छ।”

भासीले जलवायु परिवर्तनका कारण पनि असाेजमा वर्षा भइरहेकाे भन्न सकिने आैंल्याइन्। तीन दिनदेखि परिरहेकाे अविरल झरीका कारण दसैंकाे टीकाटाला लगाउन जानेहरू समस्यामा परेका छन् भने किसानहरूले खेतमा पाकेकाे धान काट्न पाएका छैनन्। file photo



प्रतिक्रिया दिनुहोस्