Logo

गठबन्धनमा भाँडभैलो, रामचन्द्रले पोखे आक्रोश



काठमाडौं, २० असोज । सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयले भाँडभैलो मच्चिएको छ । गठबन्धनमा आवद्ध दलहरुले सिटमा बढि दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुको भनाई छ ।

हिजो राति अवेरसम्म गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । तर, गठबन्धनमा आवद्ध दलहरु कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) ले सिटमा बढि नै दाबी गरेका छन् । हिजोको बैठकमा माधव नेपालले चाहिनेभन्दा बढि सिटमा दाबी गरेको कारण सहमति हुन नसकेको कांग्रेस नेता रामचन्द्र पौडेलको भनाई छ ।

कांग्रेसले कतिपय क्षेत्रमा मित्रवत् प्रतिष्पर्धा गरौं भन्ने प्रस्ताव राख्दापनि नेकपा (एकीकृत समाजवादी) र जसपाले नमानेको उनको टिप्पणी छ । पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाले नै पौडेल समूहलाई सिटमा कसेका छन् ।

पौडेल समूहका नेताहरुले जित्ने कतिपय क्षेत्रमा सभापति देउवाले जसपालाई दिने सहमति जनाएका छन् । देउवाको यस्तो कदमले पौडेल समूह असन्तुष्ट छ । नेता पौडेलले आजसम्मपनि सम्मानजनक सहमति नभए पार्टीभित्रैबाट विद्रोह गर्ने जनाए । file photo



प्रतिक्रिया दिनुहोस्