Logo

पार्टी निर्णय मान्नुकाे विकल्प छैन: लालबाबु पण्डित



काठमाडौं, २२ असाेज। नेकपा एमालेका नेता लालबाबु पण्डितले तालमेल र सहकार्य बहुमत ल्याई सरकार बनाउन भएकाले पार्टी निर्णय सबैले स्वीकार्नु पर्ने बताएका छन्।

‘अहिले गरिएकाे निर्णय पार्टीकाे बहुमतका लागि हाे। तालमेल र सहकार्य गर्दा पाउनु र गुमाउनु स्वाभाविक हुन्छ। अब फरक मनलाई सम्हालेर जानुकाे विकल्प छैन,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पण्डितले भने।

भीम रावल, घनश्याम भुसाल, दीपकप्रकाश भट्ट, गणेश पहाडी लगायत नेताहरूले टिकट पाएनन् नि भन्ने धमलाकाे प्रश्नमा पण्डितले थपे, ‘पार्टी नेतृत्वले अप्ठ्याराे स्थितिमा पनि निर्णय गर्नुपर्ने हुन्छ। सन्तुलित ढंगले निर्णय हाेस् भन्ने सबैकाे चाहना हाे। सबै टिकट वितरण नभइसकेकाले मैले कुरा नबुझीकन बाेल्नु उपयुक्त हुन्न।’

राजतन्त्रकाे एजेन्डा बाेक्ने राप्रपासँग कुरा मिलुन्जेल सँगै जाने र नमिलेपछि गन्तव्य छुट्टिने उनले औंल्याए । आफू चुनाव सकिएपछि मात्र काठमाडौं फर्कने पनि पण्डितले बताए।



प्रतिक्रिया दिनुहोस्