Logo

राप्रपा अध्यक्ष लिङ्देन, मनोनयन दर्ता



काठमाडौँ,२३ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराएका छन् ।

उनले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताए ।

उनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहेका छन् ।

नेकपा एमालेसँग गठबन्धन गरेको राप्रपाले जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लिङ्देन र प्रदेशसभा सदस्यका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उनीसँगै प्रदेशसभा सदस्यका लागि क्षेत्र (क) बाट नेकपा एमालेका बसन्त बानियाँ र क्षेत्र (ख) बाट छविलाल चुँडालले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका छ लाख ६२ हजार तीन सय ११ मतदातामध्ये क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot