काठमाडौं, २७ असोज । नेपाल प्रहरीले काठमाडौंको दरबारमार्गस्थित् क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको छ।
आज (बिहीबार) जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो। क्लबका बाउन्सरमाथि गत मंगलबार बिहान सवा ५ बजे हत्या प्रयास भएको थियो ।
यसरी पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, बिनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा छन्।
काठमाडौं महानगरपालिका २६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको थियो। घाइते हुनेमा क्लबका बाउन्सर नितेश राई र छिरिङ लामा छन्। ती घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।


तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया