Logo

केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छः देवेन्द्र पौडेल



काठमाडौं, २८ असोज । शिक्षामन्त्री एवं बागलुङ २ का पाँच दलीय गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले निर्वाचनपछि केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने ठोकुवा गरेका छन् ।
‘संविधानको रक्षाका निम्ति वाम लोकतान्त्रिक गठबन्धन बनेको छ । गठबन्धनको जित सुनिश्चित छ । गठबन्धन एक भएर जान्छ । केन्द्रमा मात्र होइन, सातै प्रदेशमा पनि गठबन्धनको सरकार बन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने ।
पौडेलले बागलुङका दुवै क्षेत्रमा नेपाली कांग्रेसको पूर्ण सहयोग रहने विश्वास पनि व्यक्त गरे । उनले भने, ‘बागलुङ १ मा राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसी र बागलुङ २ मा म उम्मेदवार छौं । प्रदेशका चार वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ । कांग्रेसका साथीहरु हाँसीखुसी चुनावमा लागिपर्नुभएको छ । हामी विश्वस्त छौं- गठबन्धनले सबै सिट जित्छ ।’

दलीय प्रणालीमा अपवादबाहेक स्वतन्त्र उम्मेदवारले जित्ने सम्भावना नरहेको पनि पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot