Logo

लोकतन्त्रलाई खतरामा पार्ने खेल भैरहेको छ : रामचन्द्र पौडेल



तनहुँ, २९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रका लागि मुलुकमा राजनीतिक स्थायित र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा आज (शनिबार) आयोजित अन्तक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बबताए । गाउँमा विकास र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो भन्दै नेता पौडेलले विदेशिने युवा शक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

गठबन्धन सत्ताका लागि नभइ देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न भएको उनले बताए । देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढिएको उनले बताए ।

सो अवसरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुबै राजनीतिक दलका कार्यकर्ता इमान्दार भएर लागेको अवस्थामा जीत सुनिश्चित रहेको बताए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे विक, समानुपातिक उम्मेदवार श्यामकुमार मौरती लगायतका वक्ताले गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot