Logo

विभागद्धारा श्रम तथा रोजगार कार्यालयहरुलाई थप अधिकार



काठमाडौं, ४ कात्तिक । श्रम तथा रोजगार कार्यालयहरुलाई वैदेशिक रोजगार विभागले थप अधिकार दिएको छ । विभागले वैदेशिक रोजगारमा कामदार पठाउन पुर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिने लगायतका अधिकार दिएको हो ।

तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्साका लागि निवेदन लिने र श्रम स्वीकृतिको निस्सा दिने अधिकार पनि रोजगार कार्यालयहरुले पाएका छन् । त्यसैगरी, वैदेशिक रोजगार ऐन,२०६४ को दफा १६ बमोजिम विज्ञापनबारे नियमित अनुगमन गर्न अधिकार दिइएको छ ।

त्यस्तै, वैदेशिक रोजगार ऐन,२०६४ को दफा ३४ बमोजिम इजाजतपत्रवालाका शाखा कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्ने अधिकार रोजगार कार्यालयले पाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot