Logo

देशमा भ्रष्टाचार निर्मुल गर्ने मेरो पहिलो दायित्वः नेता सिंह



काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मुल गर्नुुपर्ने नागरिकको चाहाना पूरा गर्ने आफ्नो पहिलो दाहित्व भएको बताएका छन् । राजधानीमा आज बिहान आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

उनले भने,‘जतासुकै भ्रष्टाचार ब्याप्त छ कहि सुसासन छैन जहाँ जाउ अस्तब्यस्त छ अब यसलाई समाधान गर्न नसके झन बिकराल अवस्था आउनेछ । त्यसैले मेरो मुलुक निर्माणको पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुसाशन दिलाउनु रहेको छ ।’

मुलुकभित्रका पछिल्ला घटनाक्रमले युवाहरुमा निरासा छाएकाले युवाहरुमा आसा जगाउन मुलुकभित्र काम गरेर घरपरिवारमा रमाउने वातावरण निर्माण गराउने आवश्यक काम आफुले गरिरहेको समेत उनले बताएका छन् ।

राजधानी काठमाडौको मुख्य समस्या खानेपानी फोहोर ब्यवस्थापन ट्राफिक जाम लगायत न्युनतम आधारभुत समस्याको समाधानका लागि काम गर्ने योजनासहित जनतामाझ आईरहेकाले बिबेकपुर्ण निर्णय गर्न आम मतदाताहरुलाई आग्रह समेत गरे ।

 



प्रतिक्रिया दिनुहोस्