Logo

मबाहेक सबै उम्मेदवार खाली कागज हुन्, एक इन्च पनि काम गरेका छैनन्ः पम्फा भुसाल



काठमाडौं, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं ललितपुर ३ की उम्मेदवार पुष्पा भुसालले आफूलाई नेपाली कांग्रेसको मतमा कुनै शंका नभएको बताएकी छन् ।
‘ललितपुर ३ मात्र होइन, जिल्लाभरि नै गठबन्धनका उम्मेदवारले जित्छन् । यहाँका मतदाता एकदमै सचेत हुनुहुन्छ । अब गठबन्धनकै सरकार बन्छ । प्रधानमन्त्री पनि गठबन्धनकै हुन्छ । मुलुकको आर्थिक क्रान्ति गठबन्धनले मात्र गर्न सक्छ । ललितपुरका कांग्रेसहरुले मलाई नै मत दिनुहुन्छ, म भारी मतका साथ विजयी हुन्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ऊर्जामन्त्री समेत रहेकी भुसालले भनिन् ।
मन्त्री भुसालले आफ्नो तुलना अरु उम्मेदवारसँग हुनै नसक्ने जिकिर गरिन् । उनले भनिन्, ‘थापाथलीबाट कुपन्डोलतिर लागेपछि विकास देखिन्छ । २०६४ मा जितेपछि मैले यहाँको सहरीकरण, हरियाली, सडकमा धेरै काम गरेकी छु । म टेस्टेड हुँ । अरु खाली कागज मात्र हुनुहुन्छ । उहाँहरुले एक इन्च पनि काम गर्न सक्नुभएको छैन । म काम गर्छु, उहाँहरु गफ गर्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस्