Logo

सुनसरी–४ (ख) मा कांग्रेसका मन्सुरी निर्वाचित



काठमाडौं, मंसिर १५ । सुनसरी क्षेत्र नं ४ (ख) मा लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार हाजी इसराइल मन्सुरी विजयी भएका छन् । बुधबार साँझ सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मन्सुरी २ हजार एक सय १५ मतान्तरले विजयी भएका हुन् ।

उनले नेकपा ९एमाले० का हाजी अब्बास अन्सारीलाई पराजित गरेका मुख्य निर्वाचन अधिकृत तथा सुनसरी क्षेत्र नं ४ का निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।

मन्सुरीले १४ हजार ३ सय मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका अब्बास अन्सारीले १२ हजार १ सय ८५ प्राप्त ल्याएका छन् ।

विजयी भएका मन्सुरी मुस्लिम सङ्घ प्रदेश–१ का सभापति तथा कांग्रेस सुनसरी क्षेत्र नं ४ का सदस्य हुन् । प्रदेशसभामा ३९ हजार ७ सय २४ खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्