Logo

बाजुरामा विद्यार्थी नेता अयडीको हत्या आरोपमा वडाध्यक्ष पक्राउ



काठमाडौं, १५ मंसिर । बाजुरामा केही दिन अघि हत्या भएका विद्यार्थी नेता चेतन अयडीको हत्यामा सम्लग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

अनेरास्ववियुका केन्द्रीय सदस्य अयडीको हत्याको अभियोगमा अनुसन्धानका लागि त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै अन्य दुई व्यक्ति पनि पक्राउ परेका छन् ।

अयडीको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन मंसिर ४ गते नाटेश्वरी आधारभुत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा भएको विवादलाई लिएर कुटपिटपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

मतदान पछि घर पुगेका अयडीलाई घरैमा आक्रमण गरिएको आरोप लगाइएको छ ।



प्रतिक्रिया दिनुहोस्