Logo

साल्पासिलिछो गाउँपालिकाका पूर्व अध्यक्ष राईमाथि हिमालयलाई श्रीमती अस्वीकार गरेको आरोप, विलौना गर्दै मिडियामा आइन् (भिडियोसहित)



काठमाडौं, १६ मंसिर । भोजपुर षडानन्द नगरपालिका–३ की हिमालय राईले साल्पासिलिछो गाउँपालिकाका पूर्व अध्यक्ष महेश राईले विवाह गरेर आफुलाई श्रीमती अस्वीकार गरेको बताएकी छिन् ।  आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर राईले राज्य पनि आफूमाथि लागेको आरोप लगाइन् ।

हिमालयको अनुसार महेष राईसँग उनको विवाह २०७८ मंसिर १३ गते आफन्तको उपस्थितिमा सामाजिक परम्पराअनुसार भएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै हिमालय राईले आफूविरुद्ध राज्यले असहयोग गरेको टिप्पणी गरिन् । उनले विवाह भएको यथेष्ट प्रमाण हुँदाहुँदै पनि प्रहरीले प्रमाण नपुगेको भनेर मुद्दा अघि नबढाएकोमा आपक्ति जनाइन् । विवाह गरेको प्रमाणित गर्न नसकेकोले कानुनी प्रक्रियामा जान नसकेको उनको भनाइ छ । महेशले नेपाली काङ्रेसका केन्द्रीय सदस्य माया राइसंग दोस्रो बिबाह गरि आफु माथि अन्याय गरेको आरोप लगाइन् ।

धेरै लामो मेहेनतपछि पाटन उच्च अदालतमा न्यायको लागि निवेदन दिएको सुनाउँदै अदालतले परमादेश जारी गरेपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको बताइन् । उनले भनिन्,‘बयानको आधारमा सरकारी वकिल र प्रहरी मिलेर पीडकलाई गत कात्तिक २० गते पक्राउ गरेको जस्तो गरेर एकदिन मात्र थुनेर जेलमुक्त गरियो । यसमा हाम्रो आपत्ति हो । हामीसँग विवाहको सबै प्रमाण छ । प्रहरीलाई कानुन अनुसार मुद्दा अघि बढ्ने र पीडकलाई छाडिदिनु भनेर चिठ्ठी आएपछि तुरुन्तै उहाँलाई छाडियो तर पछि मुद्दा अघि नबढ्ने भनियो ।’

मंसिर १ गते सरकारी वकिलले यथेष्ट प्रमाण नपुगेकोले यो मुद्दा अघि नबढ्ने जानकारी पाएपछि हिमालयन राई झनै विक्षिप्त बनिन् । आफुसँग विवाह पृष्टि हुने येथेष्ट प्रमाण रहेको दाबी गरिन् । हिमालयले आफूलाई न्याय दिन सम्बन्धित निकायसँग आग्रह गरिन् ।
हिमालयले ०७८ मंसिर १३ विवाह भएको र काठमाडौंको बुढानिलकण्ठ–१० कपनमा आफूलाई भित्राइएको सुनाइन् ।

विवाहको भोलिपल्ट १४ गते सुस्मा राई, योगेन्द्र राई, सुयोङमी रार्ई, सुनिता लोप्चन, महेश राई, सन्जय भन्ने सरोज राईसहित ७ जना साथी र आफन्तसँग नगरकोट घुम्न गएको भन्दै होटलमा बस्दा खिचेको भिडियो अहिले पनि ब्लगमा सुरक्षित रहेको बताइन् ।
कांग्रेसका नेता तथा गाउँपालिकाका तत्कालिन अध्यक्ष श्रीमान महेशसँगै वैवाहिक कार्यक्रम पछि कांग्रेसको महाधिवेशनका लागि विराटनगर, इटहरीका विभिन्न होटलमा बसेर काठमाडौंसँगै फर्किएको सुनाइन् ।

काठमाडौं फर्किएलगत्तै काठमाडौंमा महेशको स्व.जेठी श्रीमती सरस्वती राईको छोरी श्रेया राईसँगै बस्दै आएको र सोही क्रममा ०७८ फागनु १६ गते घरमा काम गर्ने बहिनीको साथमा कामको लागि बाहिर गएर फर्किदा गेट भित्रबाट बन्द भएको सुनाइन् । घरभित्र फोन गर्दा महेष राईले भित्र पस्न नदिनु भनेकोले गेट बन्द गरिएको जवाफ आएसँगै आफू प्रहरी वृत्त बौद्ध पुगेको बताइन् ।

विवाह गराउने (कुटुनी) मालती राईले हिमालय राईको विवाहको साक्षी आफू नै भएको बताइन् । महेशले नै मन पराएर विवाह भएको उनको भनाइ छ । उनले भनिन्,‘महेशको जेठी श्रीमतीको मृत्यु भएको ६ महिनापछि विवाहको कुरा आयो र हामी अघि बढ्यौ । महेश दाईले मेरो श्रीमानसँग विवाह गर्ने कुरा गर्नुभएको रहेछ । बहिनीलाई देखाइयो र उहाँले पनि मन पराएपछि विवाह भएको हो ।’

 



प्रतिक्रिया दिनुहोस्