Logo

संसदीय दलको नेतामा सभापति देउवाकै बढि सम्भावना देखिएको छ : रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा ओखलढुंगाबाट निर्वाचित सांसद रामहरि खतिवडाले संसदीय दलको नेतामा वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको नै बढि सम्भावना रहेको बताएका छन् । निर्वाचनको मतपरिणाम करिब करिब आइसकेको अवस्थामा कांग्रेसभित्र दलको नेता बन्न नेताहरुले आकांक्षा राखिरहेको बेलामा नेता खतिवडाको यस्तो भनाई आएको हो ।

ओखलढुंगाबाट निर्वाचित भएर आएपछि खतिवडा आज आफ्ना राजनीतिक गुरु स्वर्गीय किसुनजीको बडेगाउँस्थित् आश्रममा पुगेर किसुनजीको शालिकमा माल्यार्पण गरेका थिए । सो क्रममा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने पनि दाबी गरे । उनले भने,‘गठबन्धनका सबैले स्विकार गर्ने नेता नै प्रधानमन्त्री हुने हो । दलको नेतामा हाम्रो पार्टीका सभापति स्वयम शेरबहादुर देउवाले गर्न लाग्नुभएको छ । महामन्त्री गगन थापाले पनि दाबी राख्नुभएको छ। हामीलाई होश भएको नेता र जोश भएका नेतालाई समायोजन गरेर लैजाने नेता चाहिएको छ । अहिलेको सम्भावना हेर्दा पार्टी सभापतिकै सम्भावना देखिएको छ ।’ उनले युवालाई नेतृत्वमा लैजानुपर्ने जनमतलाई कांग्रेसले सम्मान गर्ने सुनाए ।



प्रतिक्रिया दिनुहोस्