Logo

समानुपातिकमा कुन दलले कति मत ल्याए



काठमाडौं, १९ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रनिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना लगभग सकिएको छ । प्रतिनिधि सभातर्फ १ सय ६५ क्षेत्र मध्ये १६४ सिटको नतिजा आइसकेको छ ।

समानुपातिक तर्फ १ करोड ४ लाख २० हजार १२५ मतमा एमालेले सबैभन्दा धेरै नेकपा एमालेले मत पाएको छ । एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएर पहिलो स्थानमा रहेको छ ।

नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएर दोस्रो स्थानमा रहेको छ । नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार ५४३ ले मत ल्याएर तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत सहित चौथौं स्थानमा बस्न सफल भएको छ ।

राप्रपाले ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टी नेपाललले ४ लाख २० हजार ९४६, जनमत पार्टीले ३ लाख ९४ हजार ५२३, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९४ हजार ३६२, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार २८१, नेमकिपाले ७५ हजार ५७, हाम्रो नेपाली पार्टीले ५५ हजार ६१८ मत प्राप्त गरेको छन् ।



प्रतिक्रिया दिनुहोस्