Logo

१२ लाख ८८ हजार ३ सय ५८ मत खेर



काठमाडौं, मंसिर २१ । यसपटकको आम निर्वाचनमा ३९ वटा पार्टीले थ्रेस होल्डको सीमा कटाउन नसक्दा १२ लाख ८८ हजार ३ सय ५८ मत खेर गएको छ । प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकतर्फ ती दलले थ्रेस होल्डको सीमा कटाउन नसकेकोले सो मत खेर गएको हो ।

यसपटकको खेर गएको मतको संख्या २०७४ सालको निर्वाचनमा खेर गएको मत संख्याभन्दा बढी हो । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक थ्रेसहोल्ड कटाउन नसक्दा करिब १० लाख मत खेर गएको थियो । सो निर्वाचनमा ४४ वटा दलले भाग लिएका थिए भने यसपटक ४८ वटा दलले भाग लिएका छन् ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशतभन्दा कम मत ल्याउने दलहरूको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन भनी उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्