नवलपरासीमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते


काठमाडौं, मंसिर २२ । नवलपुरस् नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।

बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बसमा ३० जना सवार रहेकोमा अन्य यात्रु भने सकुसल रहेका छन्।