चिनियाँ कम्युनिष्ट पार्टीको २०औं कँग्रेसको सन्देश


-विपिन देव : चिनियाँ कम्युनिष्ट पार्टीको विसौं काङ्ग्रेसको गन्थन र मन्थन पश्चिमा संचार माध्यमले अपेक्षाकृत बढी गरिरहेका छन् । यसका विभिन्न आयामहरू छन् । चीनको रसियासंग सामीप्यता, चीन(अमेरिकी टक्कर, चीनको हिन्दमहासागरीय नीति, चीन(भारत सम्बन्ध जस्ता कारणहरूले गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको काङ्ग्रेसको बारेमा अधिक चर्चा भइरहेको छ ।

चिनियाँ कम्युनिष्ट कम्युनिष्ट पार्टीले राष्ट्रपति सी को एकल नेतृत्वलाई अनुमोदित गर्दै तेस्रो कार्यकाललाई जिम्मेवारी दिएतापनि कम्युनिष्ट पार्टीभित्र विरोधाभाषको चाङ्ग देखिन्छ । एसट्यानडिङ कमिटिमा वाङ्ग हीको दार्शनिक दस्तावेज पृथक रहेको छ भने लियाचाङ्ग पनि राष्ट्रपति सी भन्दा पृथक दृष्टिकोण राख्ने गर्दछन् । संघाई एकाईको नेतृत्व गर्ने लिचयाङ्ग चिनियाँ पू‘जीपतिहरूको नेतृत्व गर्दछ । तर, लिचयाङ्गसंग प्रष्ट आर्थिक दस्तावेज र दर्शन नभएकोले गर्दा राष्ट्रपति सीको नेतृत्वलाई स्वीकार गर्नुबाहेक उनलाई अरू विकल्प छैन । थाई चि र थिचूयाङ्गलाई पनि राष्ट्रपति सीको विरोधीको रूपमा लिइन्छ ।

तिब्बतको पार्टी एकाइका नेतृत्व गर्नेमा चौले चीलाई पनि राष्ट्रपति सीको विरोधीका रूपमा लिइन्छ । चिनियाँ कम्युनिष्ट पार्टीभित्र संघाई ग्रुप र चीगुवा ग्राजुयेट जस्ता विपरित धार राख्नेका संख्या पनि अधिक छन् । राष्ट्रपति सीको विरोधका धेरै कारणहरू छन् । राष्ट्रपति सीको कार्यकालमा चीनको आर्थिक वृद्धिदरमा कमी भएको छ । विश्व वैंकको आँकडाअनुसार चीनको आर्थिक विकास दर दुई दशमलब चार रहेको छ । तर, चिनियाँ कम्युनिष्ट पार्टीको दाबी तीन दशमलब चार रहेको छ ।

राष्ट्रपति देङको नीतिले गर्दा चीनले विगत तीन दशकदेखि दुई अङ्कको आर्थिक विकास गर्दै संसारको दोस्रो आर्थिक महाशक्ति बन्न सफल भएको जवाहरलाल नेहरू विश्व विद्यालयका चीनिया शोध संस्थानका जानकार कोण्डापलीले चीनिया अर्थतन्त्र अझै अब्वल रहिरहने जिकिर गर्दछन् । १७ ट्रिलियन अमेरिकी डलरको आर्थिक आकार भएका अर्थतन्त्रले दुईदेखि तीन प्रतिशत विकास गरेतापनि ३०० देखि ४०० विलियन डलर आर्थिक वृद्धि हुने उनको तर्क रहेको छ ।

राष्ट्रपति सीको नीतिले गर्दा चीनमा बेरोजगारी प्रचुर मात्रामा बढेको छ । चीनमा १८ मिलियन मान्छेहरू बेरोजगार भएका छन् । एक शोध संस्थानको रिपोर्ट अनुसार चीनिया बेरोजगारी दर १८ प्रतिशतले वृद्धि भएको छ । उत्पादनमा समेत ४८ प्रतिशतको ह्रास भएको छ । विदेशी लगानी दिनप्रतिदिन विस्थापित भइरहेको छ । आधुनिक चिनियाँ अर्थतन्त्रका प्रवर्तक राष्ट्रपति देङ्गले कम्युनिष्ट पार्टीको आवरणमा आर्थिक उदारवादलाई अंगिकार गर्दै अमेरिकी र यूरोपेली पुँजी र प्रविधिलाई चीनमा भित्र्याएका थिए ।

विदेश कम्पनीहरू पनि चीनको चुस्त र दुरूस्त कानुनी व्यवस्था, मेहनती संस्कृति विशाल बजारको प्रचुर मात्रामा लाभ लिएका थिए । तर वर्तमान अवस्था पृथक देखिएको छ । चीनको पश्चिमा जगतसंग कटुता बढिरहेको छ । चीनमा निजी लगानी र खुला अर्थव्यवस्थालाई मानमर्दन भइरहेको छ । चीनको व्यापारिक घरानाहरू राष्ट्रपति सीको नीतिबाट आक्रान्त रहेको छ । जिगमा र अलिबाबा जस्ता कम्पनीहरू चिनियाँ कम्युनिष्ट पार्टीको नीतिबाट सन्तुष्ट छैनन् ।

राष्ट्रपति देङको नीतिले गर्दा चीनको पूर्वाधारमा व्यापक सुधार आएको अवस्था थियो । चीनको वर्तमान अवस्था सुक्ष्म रूपले विश्लेषण गर्र्दै सिंगापुर लिक्वान विश्वविद्यालय सामरिक जानकार किशोर मेहबुवानी आफ्नो पुस्तकको माध्यमबाट फरक अभिमत राखेका छन् । “हाज चाइना वन” नामक पुस्तकको माध्यमबाट मेहबुवानीले राष्ट्रपति सीको नीतिलाई अनुमोदन गरेका छन् । चीनको सफलताका कारण केन्द्रिय नेतृत्व नै हो भने उनको जिकिर रहेको छ ।

पश्चिमा प्रजातान्त्रिक शैली चीनले अपनाएको खण्डमा देशनै तित्तरवित्तर हुने उनको तर्क रहेको छ । साथसाथै विश्व इतिहासमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको गरिवी उन्मूलन कुनैपनि राजनीतिक व्यवस्थाले गरेको छैन भने उनको जिकिर रहेको छ । अर्थात् चीनले ८०० मिलियन जनतालाई गरिवी रेखामुनिबाट बाहिर ल्याएको इतिहास कहीँपनि रहेको छैन । चिनियाँ कम्युनिष्ट पार्टीले चुनावको फ्रक्रियालाई सक्रिय बनाएको छ । अर्थात् हरेक गाउ‘मा पूर्ण प्रतिस्पर्धाका साथ प्रतिनिधि चुन्ने परिपाटी सुरू भएको छ । चुनाब पूर्ण रूपमा निश्पक्ष हुने गर्दछ । तर चुनावमा धनी वर्गको विशेष सहभागिता हुने गर्दछ । प्रतिनिधि भएपछि कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्ने गर्दछ । यो चिनियाँ कम्युनिष्ट पार्टीको नौलो प्रयोग रहेको छ । सिपिसीको काङ्ग्रेसमा फरक मत राख्नको लागि राष्ट्रपति सीको पूर्व स्वीकृती लिनुपर्ने व्यवस्था थियो अर्थात् कुनैपनि राजनीतिक र आर्थिक दस्तावेजमा गन्थनमन्थन गर्नको लागि नेतृत्वको मौन स्वीकृतको अनिवार्यता हुने गरेको छ ।

राष्ट्रपति सीको विदेश नीतिमाथि पनि काङ्ग्रेसले बहस गरेको देखिन्छ । राष्ट्रपतिले आप्mनो चहकिलो अभिव्यक्तिमा वर्तमान भू-राजनीतिक अवस्था चीनको पक्षमा रहेको जिकिर गरेका छन् । अर्थात् चीनको पहु‘च हरेका भू(भागमा बढेको देखिन्छ । दक्षिण चीन सागरका साथै हिन्दमहासागरीय क्षेत्रको हम्बन टोटा (श्रीलङ्का) ग्वादर (पाकिस्तान), जिवुती, म्यानमार र वङ्गलादेशमा समेत चिनियाँ प्रभाव बढेको देखिन्छ । एकातर्फ चीन र रसियाको विषेश सम्बन्ध बढिरहेको छ भने चीनको प्रजातान्त्रिक देशहरूसंग बढिरहेको छ । भारतका पूर्व राजदूत श्याम शरणले आप्mना पुस्तक “हाउ‘ चाइना सी द इण्डिया”मा चीनको विदेश नीतिलाई आलोकित गरेका छन् ।

असीको दशकमा चीन र भारतको आर्थिक आकार लगभग एकनाशको नै थियो । तर, वर्तमान परिवेश फरक देखिन्छ । चीनको आर्थिक आकार भारतभन्दा पॉच गुणा अधिक छ भने चीनको सैन्य लगानी भारतभन्दा तीन गुणा बढि रहेको छ । राष्ट्रपति देङ्ग र भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको समझदारीमा आपसी व्यापारमा वृद्धि र कटुतामा कमी भएको थियो । तर, राष्ट्रपति सीको नीतिले गर्दा भारतले डोकलामदेखि ग्लबानसम्मको समस्यालाई भोग्नुपरेको चिनियाँ दबावका कारण भारत सामरिक स्वतन्त्रताको मर्मअनुसार पश्चिमा गठबन्धनमा आप्mना पहुँच बढाउ‘दै क्वाडको सक्रिय सदस्य भएका छन् । श्याम शरणका अनुसार आउ‘ने दिनमा चिनियाँ दवाव स्वस्खलित हुनेछ ।

भारतको आर्थिक वृद्धिदर सात प्रतिशत भन्दा अधिक रहेको छ । सन् २०३५ सम्म यही आर्थिक दरलाई निरन्तर राखेको खण्डमा भारत र चीनको आर्थिक हैसियत बढेको खण्डमा चिनियाँ दबाब कम हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टीको २०औं काङ्ग्रेसमा चीन अमेरिकाप्रति बढी आक्रामक देखिए तापनि जी ट्वेन्टीको बैठकमा त्यसको मूर्तरूप देखिएको छैन । चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति जान वाइडेनबीच जी ट्वेन्टीको शिखर सम्मेलनमा तीन घण्टाको वार्ता भएको छ । चीनले तीन पृष्ठको बैठकको नतिजा सार्वजनिक गरेको छ भने अमेरिकाले एक पृष्ठको चीनले युक्रेनप्रतिको नीतिमा अमेरिकी नीतिलाई कूटनीतिक भाषामा सर्मथन गरेर अमेरिका यूरोपसंग व्यापारिक कारोवारलाई निरन्तरता देखाउ‘ने संकेत गरेका छन् । साथसाथै आप्mना ताइवान नीतिमा बढी आक्रामक देखिएका छन् । समग्रमा २०औं काङ्ग्रेसको दिशानिर्देशको बाछिटा आउ‘ने दिनमा विश्व राजनीति र कटूनीतिमा अझै छलाङ्ग हुनेछ ।

 

 

Skip This

Omoda E5 Pro