Logo

साविक विजेता फ्रान्स फाइनलमा



काठमाडौं, मंसिर २९। कतारमा जारी फिफा विश्वकपको उपाधिको लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले पराजीत गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

अर्जेन्टिना पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोलले हराउँदै उपाधि नजिक पुगेको हो । अब दुई टोली उपाधिको लागि आइतबार लुसाइल आइकोनिक स्टेडियममा आमनेसामने हुनेछन् । रसिया भएको पछिल्लो संस्करणको विजेता फ्रान्स उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ भने अर्जेन्टिना तेस्रोपटक उपाधि जित्ने दाउमा रहेको छ ।

फ्रान्स सन् २००२ मा ब्राजिलपछि लगातार दोस्रोपटक फाइनल खेल्ने पहिलो टोली बनेको छ । फ्रान्सको यो चौथो विश्वकप फाइनल हुनेछ । यता अर्जेन्टिना भने छैटौंपटक विश्वकपको फाइनलमा उत्रिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot